+
+

चितवनको इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते ७:४३

२८ फागुन, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?