२४ माघ, काठमाडौं । चितवनमा तीन वटा निर्वाचन क्षेत्र छ । तीन वटै क्षेत्रमा महिला मतदाताको संख्या धेरै छ । तर, प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा भने पुरुष उम्मेदवार अधिक छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख ४९ हजार ६२१ जना छन् । महिला मतदाता ७५ हजार ८६० जना र पुरुष मतदाता ७३ हजार ७६१ जना छन् । यो क्षेत्रबाट यसपटक १८ जना उम्मेदवार छन् । उम्मेदवारमा पुरुष उम्मेदवारको संख्या १६ छ भने जम्मा दुई जना महिला उम्मेदवार रहेका छन् ।
यो क्षेत्रमा नेकपा एमालेबाट दावा दोर्जे लामा, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्ण राज पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल उम्मेदवार छन् । राप्रपाबाट वलराम शर्मा खनाल, जसपा नेपालबाट अजय ठाकुर हजाम, नेमकिपाका अर्जुन प्रजा, राष्ट्रिय जनमोर्चाबाट सीता देवी क्षेत्री, प्रलोपाबाट बिकाश कामी, श्रम संस्कृति पार्टीबाट अनिल तामाङ, उज्यालो नेपाल पार्टीबाट धन बहादुर गुरुङ उम्मेदवार छन् । यस क्षेत्रमा तीन जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरू हुन् संजय रिजाल, सौरव कडेल र हरि प्रसाद रेग्मी ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कुल मतदाता एक लाख ३७ हजार १५२ छ । यहाँ महिला मतदाता ६९ हजार २९४ जना रहेका छन् भने पुरुष मतदाता ६७ हजार ८५७ जना छन् । यो क्षेत्रबाट यसपटक २३ जना उम्मेदवार छन् । उम्मेदवारमा पुरुष उम्मेदवारको संख्या १६ र महिला उम्मेदवारको संख्या ७ रहेको छ ।
यो क्षेत्रमा नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कांग्रेसबाट मिना कुमारी खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।
राप्रपाले जगदिश्वर अधिकारी, जसपा नेपालले कमान सिंह चौधरी, जनमत पार्टीले निर्मला कुमारी ठाकुर, नेमकिपाले शोभा बासुकला, राष्ट्रिय जनमोर्चाले देवी शर्मा, प्रलोपाले प्रकाश बहादुर पाण्डे, श्रम संस्कृति पार्टीले मिलन थापा मगर, उज्यालो नेपाल पार्टीले कुमार पाख्रीनलाई उम्मेदवार बनाएको छ । ६ जना स्वतन्त्र उम्मेदवार छन् । जसमा सुवास महतो, देवी कुमारी मगर,इन्द्र बहादुर स्याङतान, कृष्ण प्रसाद चापागाई, प्रताप सिंह तमाङ, प्रविन सापकोटा, रवि कुमाल र शंकु प्रसाद जैसी रहेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा कूल एक लाख ५५ हजार ३०९ जना मतदाता छन् । यसमध्ये महिला मतदाता ७९ हजार ६१२ र पुरुष मतदाता ७५ हजार ६९६ रहेका छन् । यो क्षेत्रबाट यसपटक २३ जना उम्मेदवार छन् । यसमध्ये पुरुष उम्मेदवार १४ जना र महिला उम्मेदवार ९ जना रहेका छन् ।
यस क्षेत्रमा नेकपा एमालेबाट शंकर राज थपलिया, नेपाली कांग्रेसबाट टेक प्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन् ।
राप्रपाले दिपक थापा (मगर), जसपा नेपालले थमन सिग सुनार, नेमकिपाले बद्री लक्ष्मी कवां, राष्ट्रिय जनमोर्चाले कृष्ण बहादुर के सी, प्रलोपाले बुद्धी राज तमाङ, श्रम संस्कृति पार्टीले तोजमान गुरुङ, उज्यालो नेपाल पार्टीले डम्बर बहादुर तमाङलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा पनि ६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारहरूमा हरि माया महतो, इन्द्र माया पौडेल, कृष्ण प्रसाद अधिकारी, पार्वती पौडेल (काफ्ले), मधु माया अधिकारी, रञ्जना पौडेल र रोल बहादुर गुरुङ रहेका छन् ।
प्रतिक्रिया 4