+
+
Shares

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १२:५२

५ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन उठ्ने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको जिकिर गरेकी हुन् । यसअघि काठमाडौं–१ मा हेभिवेट नेता प्रकाशमान सिंहसँग भिडेरै आएको उल्लेख गर्दै अहिले पनि आफू नडराउने बताइन् ।

त्यतिबेला उनी आफू पराजित भएको भए पनि अहिले नडराउने बताएकी हुन् ।

‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि भिडेरै आएको हो । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमानसँग भिडेरै आएको हो । हो पराजित भएँ,’ दाहालले भनिन्, ‘भिड्नसँग डराउँदिन । हिजो पनि भिडेरै आएको हो । सामान्य चुनावमा डराउने कुरा होइन ।’

चितवन क्षेत्र नम्बर–३ मा रास्वपा नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसैबीच उनले विभिन्न प्रसंग उठेको उल्लेख गर्दै यस्तो बताएकी हुन् ।

‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन् । यहाँका दुईवटा नारी यसरी भिडाउन नहुने भन्नेखालका कुरा पनि आएका छन् । सोबिता उठाउँदैछ रे के हो भन्ने जिज्ञासा पनि छन्,’ उनले भनिन्, ‘सबै जना तरंगित भएजस्तो देखिन्छ । म चाहिँ तरंगित भएको छैन । कत्ति पनि तरंगित छैन । कार्यसम्पादनको हिसाबले कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो ।’

चितवन क्षेत्र नम्बर ३ मा यसपटक हुन लागेको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?