+
+

ठेकेदार अनुप पाण्डे बैंकिङ कसूर मुद्दामा काठमाडौंबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १४:२३

२८ फागुन, दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् ।

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका- ८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।

तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवं नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?