+
+

राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु दुर्भाग्यपूर्ण : पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १६:०५

२८ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको दावी गरे ।

‘एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरा देश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ’ उनले भने, ‘अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नु पर्दैन ।’

राजनीतिक क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?