+
+

लुम्बिनीमा १५ शय्याको अस्पताल शिलान्याश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:००

२८ फागुन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो ।

१७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई समेत सेवा दिने भएकाले वजेट अभाव हुन नदिने र निर्धारित मितिमै निर्माण सम्पन्न हुने बताए ।

अर्को प्रसंगमा गृहमन्त्री खाँणले एमसीसी पारित भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बनेको दावी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्धलाई विश्वसनीय बनाउन प्रधानमन्त्री पद गठबन्धनका दललाई छोड्न तयार रहेर एमसीसीमा दृढ अडान लिएको गृहमन्त्री खाँणले खुलासा गरे ।

२०८० साल माघभित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?