+
+

मनाङले जित्यो खप्तड गोल्डकपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:५९

२८ फागुन, काठमाडौं । सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेन्डस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँग मनाङले २१ लाख रुपैयाँ पाएको छ भने उपविजेता फ्रेन्डसले १० लाख रुपैयाँ पाएको छ । खेलको २२औं मिनेटमा मनाङले दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा दिनेशले सुन्दर गोल गरे ।

५१ औं मिनेटमा फ्रान्स्वाँले गोल गर्दै फ्रेन्डसलाई १-१ को स्थितिमा ल्याए । तर ७१ औं मिनेटमा ओलावाले आफिज र इन्जुरी समयमा मौसा अवागानाले गोल गर्दै मनाङको जित निश्चित गरे ।

फ्रेन्डसले खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्स्वाँले गरेको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले रोकेका थिए ।

खेलको ८६ औं मिनेटमा मैदानमा उत्पन्न भएको तनावका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?