
२९ फागुन, काठमाडौं । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने फिल्म ‘परस्त्री’को मुहूर्तसँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।
ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहान फिल्मको शुभसाइत गरिएको हो । छायांकनका लागि फिल्म युनिट आइतबार नै हिमालपारिको जिल्ला मुस्ताङतर्फ प्रस्थान गरेको छ ।
लेखक तथा निर्माता खनालले सुरुमा गीत छायांकन सकेपछि मात्र काठमाडौं फर्किएर दृश्य छायांकन गरिने बताए । मुस्ताङमा १० दिन र काठमाडौंमा ३० दिन छायांकन तालिका राखिएको छ ।
फिल्ममा सुरज पाण्डेको डेब्यु निर्देशन रहनेछ । निर्देशक पाण्डेले तयारी राम्रो भएकाले फिल्म उत्कृष्ट बन्ने विश्वास लिएका छन् ।
नेपाली र हिन्दी भाषामा निर्माण गरिने फिल्मको फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । जसअनुसार फिल्म आगामी कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुनेछ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री र अशान्त शर्माको अभिनय रहेनछ । फिल्ममा नीरज पाण्डेको छायांकन हुनेछ ।
प्रतिक्रिया 4