+
+

टाइगर श्राफले फ्यानसँग भने- समय मिलाएर नेपाल घुम्न आउँछु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:२८

२९ फागुन, काठमाडौं । नेपालमा बलिउड अभिनेता टाइगर श्राफको फ्यान फलोइङ उच्च छ । ‘बागी’बाट चर्चामा आएका टाइगरका फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ पनि गरेका छन् ।

आफू अभिनित फिल्म हिट भएपछि टाइगरले सामाजिक सञ्जालमार्फत नेपाली प्रशंसकलाई धन्यवाद तथा माया पनि दिने गरेका छन् । यसैसाता उनले मुम्बईमा नेपाली फ्यानसँग भेट गर्दै नेपालप्रतिको माया सुनाएका छन् ।

मुम्बईस्थित टाइगर निवासमै पुगेर केही नेपाली फ्यानले उनलाई भगवान शिवको मूर्ति उपहार दिंदै उनका आगामी फिल्मको सफलताको शुभकामना समेत दिए ।

टाइगरले नेपाल सुन्दर देश भएको र समय मिलाएर नेपाल घुम्न आफू इच्छुक रहेको फ्यानहरुलाई बताएका थिए । उनले आफ्ना फिल्म रुचाइदिएकोमा नेपाली दर्शकलाई धन्यवाद समेत दिए ।

टाइगरले आफ्नो हस्ताक्षरसहितको पत्र पनि नेपाली फ्यानलाई दिएका छन् । टाइगर अभिनित फिल्म ‘हिरोपन्थी २’ र ‘गणपत’ यस वर्ष रिलिज हुँदैछन् ।

तस्वीर : कामना रानाभाटबाट प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?