+
+

पाल्पाका किसान च्याउखेतीतर्फ आकर्षित

रासस रासस
२०७८ फागुन ३० गते १३:५१
फाइल तस्वीर

३० फागुन, काठमाडौं । पाल्पाका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।

किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिक रुपमा सिताके च्याउखेती थालेका छन् ।

प्रतिपरिवार १० हजार रुपैयाँका दरले उठाएर च्याउखेती गरेका उनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ । तानसेनका व्यवसायी अनिल घिमिरेले दुई लाख ५० हजार रुपैयाँ लगानी गरेर च्याउखेती सुरु गरेका छन् । अहिले उनको च्याउन फार्ममा ५० लाख रुपैयाँ बराबरको लगानी रहेको छ । ५०० काठका मुढाबाट च्याउखेती थालेका घिमिरेसँग अहिले पाँच हजार मुढा छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरु गरेका हुन् । उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेका छन् ।

परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकोमा अहिले च्याउखेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको पृथीले बताए । यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री वितरण गरिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?