+
+

बैंकिङ कसूर मुद्दाका फरार महिला सूर्यविनायकबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १६:१२

३० फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-६ घर भई भक्तपुर नगरपालिका-११ मा बस्दै आएकी राधा माताङ्गीलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।

माताङ्गीलेले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

सूर्यविनायकमा लुकिछपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?