
३० फागुन, संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए । यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही ५० हजारसमेत दिने उनले बताए ।
गत बिहीबार बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चारजना घाइतेसमेत भएका थिए । मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ । स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ ।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तिमा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4