
काठमाडौं । सामसुङले नयाँ ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ । बजारमा आउनु पूर्व नै ग्यालेक्सी एस२२ सिरिजको माग अत्यधिक भएपछि कम्पनीले यो सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको हो ।
अग्रणी स्मार्टफोनले आफ्नै प्रकारको पहिलो ग्यालेक्सी अनुभवका साथ उत्पादकत्व र सिर्जनशीलताका सारा नियमहरु तोडेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यो सिरिज सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं,’ सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले भने, ‘हामी थप नवीनतम खोजहरु प्रदान गर्न कटिबद्ध छौं ।’
ग्यालेक्सी एस२२ र एस २२प्लसले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआई उन्नत प्रविधिका साथ परम्परागत नियमहरु भँग गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ्य उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनले ग्यालेक्सी एस २२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय सुरु गरेको छ । ग्यालेक्सी एस २२ सिरिज नेपालमा १५ मार्च २०२२ देखि उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस २२ अल्ट्रा १२ जीबी र्याम र २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ । ५१२ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र २५६ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाा कायम गरिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा तीन आकर्षक रङ्गहरु निख्खर कालो, हरियो र बर्गण्डी रंगमा उपलब्ध छ ।
यसैगरी ग्यालेक्सी एस २२ प्लसमा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी रहेका छन् । यसको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो निख्खर कालो, निख्खर सेतो र हरियो रंगमा उपलब्ध छ ।
आधार मोडल ग्यालेक्सी एस २२ पनि ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरीका साथ बजारमा उपलब्ध रहेको छ । यसको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो मोडल निख्खर कालो, निख्खर सेतो र हरियो रंगमा उपलब्ध छ ।
प्रतिक्रिया 4