+
+

भक्तपुरमा ९ चैतदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १९:४६

३० फागुन, काठमाडौं । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता ९ चैतदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी, प्रहरी, एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूर्व्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्नु र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनु प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको अध्यक्ष प्रजापतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?