+
+

अपडेट : विश्वकप लिग २ मा पपुवा न्यूगिनीमाथि नेपालको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ७:३४

८ चैत, काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ ।  नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।

दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।

शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?