+
+

रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ८:४२

२ चैत, काठमाडौं । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् ।

युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ ।

रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने उनीहरु पहिलो अन्तर्राष्ट्रिय नेताहरु हुन् । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

जेलेन्स्कीसँगको भेटमा उनीहरुले युक्रेनले गरेको प्रतिवादको प्रशंसा गर्दै यो लडाइँमा आफूहरु युक्रेनको साथमा रहेको बताएका थिए । जेलेन्स्कीलाई भेटेपछि चेक गणतन्त्रका प्रधानमन्त्री फियालाले ट्वीटरमा लेखेका छन्, ‘हामी तपाईंहरुको लडाइँको प्रशंसा गर्छौं । तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लो हुनुहुन्न ।’

यसैगरी पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तो नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?