+
+

खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि तिनाउ अस्पताल घेराउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ११:३७

२ चैत, बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अस्पतालका डाक्टरको लापरबाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ‘शुरुमा ३-४ घण्टामा अप्रेसन सकिन्छ भनियो, तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका थिए’ हेमलालले भने, ‘पछि फेरि पाँच बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामा रहनुभएन ।’

चार वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भाँचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । शल्यक्रियाअघि गरिएको एक्सरेमा रड भाँचिएको नदेखिएको तर पछि रड भाँचिएको भनिएको हेमलालले बताए ।्

घटनाबारे अस्पताल प्रशासनसँग पटक-पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?