+
+

सुनको मूल्य प्रति तोला एक लाख तल झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:१७

२ चैत, काठमाडौं । ११ दिन लामो उच्च मूल्य पछि सुनको मूल्य ओरोलो लागेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर एक लाख भन्दा तल झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै छापावल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७० रुपैयाँ कायम भएको छ ।

गत फागुन २२ मा सुनको मूल्यलेएक लाख रुपैयाँ नाघेको थियो । सो दिन प्रतितोला एक लाख एक हजार ९ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । त्यसयताका ११ दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको थियो । २६ फागुनमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५ हजार सय रुपैयाँका कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?