
काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै स्वदेश एवं विदेशबाटै डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।
एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।
ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।
बैंकका अनुसार भिडियो एकाउन्ट ओपनिङका लागि https://vcc.nmb.com.np लिंक प्रयोग गर्न सकिनेछ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनएमबि बैंकले ग्राहकहरूका लागि नेपालमा डिजिटल बैंकिङकाे अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् ।’
प्रतिक्रिया 4