+
+

बजाजले ल्यायो ‘बजाज पाँचको पन्च’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १३:२७

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ अफर ल्याएको छ ।

नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना अनुसार ग्राहकहरुले बजाजको मोटरसाइकल किन्दा पाँच पटकसम्म पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत मोटरसाइकल किन्ने बेलामा १ हजार रुपैयाँसम्मको छुट पाउन योग्य हुने कम्पनीले बताएको छ ।

यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट मोटरसाइकल खरिद गर्ने बेलामा प्रदान गरिनेछ ।

कम्पनीका अनुसार मोटरसाइकल खरिद प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर मोटरसाइकल रोजेवापतको र खरिदका लागि बुकिङ गर्दा पाइने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने छ ।

यो अफरको बारेमा अरुलाई रिफर गर्दा र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीन पटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्नेछ ।

कम्पनीका अनुसार समग्रमा सोचेर, हेरेर, किनेर, भनेर एवं बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण ‘बजाज पाँचको पन्च’ राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?