+
+

विदेशी बैंकलाई शाखा खोल्न राष्ट्र बैंकको लचकता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:१६

२ चैत, काठमाडौं । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज हुने गरी नेपाल राष्ट्र बैंकले सहज नीति बनाएको छ । बुधबार राष्ट्र बैंकले विदेशी बैंक शाखा अनुमति नीति, २०२२ जारी गर्दै चुक्ता पुँजीको सीमा घटाएको छ ।

यस नीति अनुसार अब नेपालमा शाखा कार्यालय खोल्न चाहाने विदेशी बैंक तथा वित्तीय संस्थाहरुले २ करोड अमेरिकी डलर वा सो सरहको चुक्ता पूँजी भए पुग्नेछ ।

अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्ता पूँजी कम्तीमा ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुले शाखा खोल्न चाहेमा पनि नेपाली वाणिज्य बैंकहरुको जति नै चुक्ता पूँजी चाहिने व्यवस्था थियो ।

विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज होस् भनेर यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?