+
+
Shares

पुनर्निर्मित कमल पोखरीको उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते ८:३३

३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्मित कमल पोखरीको बुधबार उदघाटन गरेका छन् । उदघाटनको बेला कमलपोखरीलाई झिलिमिली बत्तीले सिंगारिएको थियो ।

करीब ६ करोड ३६ लाख रुपैयाँ खर्चिएर वास्तुशास्त्र र परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै कमल पोखरी पुनर्निर्माण गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

पोखरी उदघाटन गर्दै मेयर शाक्यले विभिन्न अवरोधका बीच पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सफल भएको भन्दै खुसी व्यक्त गरे ।

कमलपोखरीमा चार ओटा कुनामा चार ओटा र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच ओटा आकर्षक मण्डप रहेका छन् । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना हालिएको छ । विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधारासमेत राखिएको छ ।

विगतमा प्रदूषित र अव्यवस्थित कमल पोखरीलाई पुनर्जीवन दिएर सुन्दर बनाइएको र छठमैत्री पोखरीका रुपका विकास गरेको महानगरपालिकाले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?