
राप्रपा नेपालका अध्यक्ष कमल थापा
३ चैत, काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् ।
राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जनाएका छन् ।
राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न देशभरका संगठनहरुलाई आग्रह गरेको छ ।
पार्टीको झण्डामा रहेको पहेंलो रंगको पृष्ठभूमिको मध्यभागमा कालो रंगमा तीर चिह्न प्रयोग गर्न राप्रपा नेपालले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4