+
+

नेपाली फ्यानलाई अक्षयको सन्देश- परिवार र साथीसँग गएर ‘बच्चन पाण्डे’ हेर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १२:५९

३ चैत, काठमाडौं । पछिल्लो समय बलिउड कलाकारले नेपाली दर्शकलाई सम्बोधन गरेका भिडियो सार्वजनिक गर्न थालेका छन् । ती भिडियोमा उनीहरुले नेपालमा रिलिज हुन लागेका आफ्ना फिल्म हेर्न प्रशंसकलाई आग्रह गरिरहेका हुन्छन् ।

अभिनेता अक्षय कुमारले पनि भिडियो सन्देश जारी गर्दै शुक्रबार रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई अपील गरेका छन् । अक्षय भन्छन्– राम्रो व्यावसायिक फिल्म बनेको छ । तपाईंलाई मज्जा आउन सक्छ । साथी र परिवारसँग गएर फिल्म हेर्नुहोला ।’

अक्षय, कृति सेनन, ज्याकलिन फर्नान्डेज र अरसद वारसी स्टारर फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेका हुन् । साजिद नाडियावालाको लेखन र निर्माण छ ।

सन् २०१४ को तमिल फिल्म ‘जिगरठन्डा’को रिमेक भनिएको यो फिल्म सन् २००६ को दक्षिण कोरियाली फिल्म ‘अ डर्टी कार्निभल’बाट समेत प्रभावित रहेको जनाइएको छ ।

बच्चन पाण्डेलाई नेपालमा एबी इन्टरनेसनलले वितरण गर्न लागेको हो । यसअघि शाहिद कपुरको जर्सीको नेपाल राइट समेत ल्याएको उक्त कम्पनीको सो फिल्म कोभिड महामारीले रोकिएको थियो । अभिनेत्री सनी लियोनीलाई समेत उक्त कम्पनीले नेपाल ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?