+
+

यी सेलिब्रेटी जोडीका लागि विशेष बन्दैछ यस वर्षको होली

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १७:१५

३ चैत, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासपूर्व रंगहरुको पर्व होली मनाइएको छ । तराईका जिल्लामा भने शुक्रबार धूमधामसँग होली मनाइँदैछ ।

छिमेकी मुलुक भारतमा पनि शुक्रबार नै होली मनाइँदैछ । बलिउड सेलिब्रेटीहरुले पनि एकअर्कामा रंग लगाएर धूमधामसँग होली मनाएको देख्न सकिन्छ । यसैवर्ष विवाह गरेका केही बलिउड जोडीको भने यसपटकको होली विशेष बन्दैछ ।

कट्रिना कैफ-विक्की कौशल

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल गत वर्षको डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका हुन् । विवाहपछि हरेक पर्व सँगै मनाइरहेको यो जोडीको लागि यसवर्षको होली विशेष बन्नेछ । किनकि, यसपटक श्रीमान-श्रीमतीको रुपमा पहिलोपटक होली मनाउन गइरहेका छन् ।

करिश्मा तन्ना-वरुण बंगेरा

श्रीमान-श्रीमतीको रुपमा होली मनाउन गइरहेको अर्को जोडी हो, करिश्मा तन्ना र वरुण बंगेरा । यी दुईले गत फेब्रुअरी ५ का दिन विवाह गरेका हुन् । विवाहपछि हरेक स्थानमा रोमान्टिक मुद्रामा प्रस्तुत भइरहेको यो जोडी पनि होलीका लागि उत्साहित छन् ।

राजकुमार राव-पत्रलेखा

राजकुमार राव र पत्रलेखाको जोडी यसवर्षको होलीका लागि अर्को उत्साहित जोडी हो । गत वर्षको नोभेम्बर १५ मा वैवाहिक जीवनमा प्रवेश गरेको यो जोडीले पनि पहिलोपटक श्रीमान-श्रीमतीको रुपमा होली बनाउँदैछ ।

यामी गौतम-आदित्य धर

अभिनेत्री यामी गौतमका लागि पनि यो वर्षको होली विशेष छ । उनी पनि आफ्ना पति  आदित्य धरका साथ पहिलोपटक होली मनाउन गइरहेकी छन् । उनीहरुले गत वर्षको जुन ४ मा विवाह गरेका हुन् ।

मौनी राय-सुरज नाम्बियार

‘नागिन’का रुपमा समेत चिनिने अभिनेत्री मौनी राय र उनका पति सुरज नाम्बियारको पनि यसपटकको होली विवाहपछिको पहिलो हुनेछ । गत जनवरी २७ मा गोवामा विवाह गरेको यो जोडी अझै हनिमुन मुडमा देखिन्छ । मौनी र सुरजको लागि यो वर्षको होली विशेष रहनेछ ।

अंकिता लोखण्डे-विक्की जैन

टेलिभिजन कलाकार अंकिता लोखण्डे गत डिसेम्बर १५ मा आफ्ना प्रेमी विक्की जैनसँग विवाह बन्धनमा बाँधिएकी हुन् । यो जोडी विभिन्न सार्वजनिक कार्यक्रममा पनि देखिंदै आएको छ । होलीको पूर्वसन्ध्यामा एउटा टास्कमा दुर्वले होली खेल्दै गरेको तस्वीर सार्वजनिक गरेका थिए । विवाहपछिको पहिलो होली भएकाले यो जोडी पनि रंगीन मुडमा छ ।

फरहान अख्तर-शिवानी दाण्डेकार

अभिनेता फरहान अख्तर र शिवानी दाण्डेकार गत फेब्रुअरी १९ मा वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । फरहानको यो दोस्रो विवाह हो । हनिमुन मुडमै रहेको यो जोडीका लागि यस वर्षको होली विशेष रहनेछ । दुवैले पहिलोपटक श्रीमान-श्रीमतीको रुपमा होली मनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?