+
+

अरुणा र धिरेन महिला बिच भलिबलको सद्भावना दूत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १७:४४

३ चैत, काठमाडौं ।  पाल्पाको तानसेनस्थित रानीमहलमा २४ देखि २६ चैतसम्म आयोजना हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दूतमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्य नियुक्त भएका छन् ।

आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले बिहीबार विज्ञप्ति जारी गर्दै अरुणा र धिरेनलाई सद्भावना दूत नियुक्त गरेको जानकारी दिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउन सफल शाही र शाक्यको सद्भावना दूतमा नियुक्तिले प्रतियोगिता सफल बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि पूर्व गभर्नर चिरञ्जीवि नेपालको संरक्षकत्वमा २३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

नेपाल भलिबल संघसँगको सहकार्यमा हुन लागेको प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बिच भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रवर्द्धन र विकास गर्ने उद्देश्य राखिएको आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?