+
+

जुवा खालबाट १९ जना पक्राउ, झण्डै ४ लाख नगद बरामद

बिकास मरहट्टा बिकास मरहट्टा
२०७८ चैत ४ गते ६:४२
जुवाको खालबाट बरामद रकम । फाइल तस्वीर

४ चैत, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट झण्डै चार लाख नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्वर ७ का राम बहादुर बराम रहेका छन् ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का फेन बहादुर घले, वडा नम्वर ३ का धन बहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बिर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।

उनका अनुसार सिरानचोक गाउँपालिका–९ का मंगल बिक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्वर ३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?