+
+

तालिबानले किशोरीहरूलाई विद्यालय आउन दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते ११:५८

४ चैत, काठमाडौं । तालिबानले अर्को हप्ता अफगानिस्तानका माध्यमिक विद्यालय खुलेपछि सबै किशोरीलाई पढ्न दिने भएको छ ।

बिहीबार अफगानिस्तानका एक अधिकारीले अर्को हप्ता माध्यमिक विद्यालय खुलेपछि बालिकालाई पढ्न दिने बताएका हुन् । अफगानिस्ताका महिला तथा बालिकाहरू शिक्षाबाट वञ्चित हुन सक्ने चिन्ताबीच तालिबानको पछिल्लो धारणा आएको हो ।

‘सबै बालबालिका लागि विद्यालय खुला हुँदैछन्।’, शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले रोइटर्स समाचार माध्यमसँग भने । तर बालिकाहरू विद्यालय आउन पाउने भएपनि उनीहरूले केही नियम पालना गर्नुपर्ने समेत रायनले प्रस्ट पारे ।

रायनका अनुसार महिला शिक्षकले विद्यालय आउने बालिकाहरूलाई छुट्टै राखेर पठाउनु पर्नेछ । तर महिला शिक्षकको अभाव रहेका ग्रामीण क्षेत्रमा पाका पुरुष शिक्षकले बालिकालाई पठाउन सक्ने उनको भनाइ थियो ।

तालिबान सत्तामा आएपछि अन्तर्राष्ट्रिय समुदायले राख्दै आएको एउटा प्रमुख मागमा महिला र बालिकालाई विद्यालय एवं कलेजमा पढ्न दिनुपर्ने रहेको छ ।

तालिबानको अतिवाद सोंचका कारण महिला तथा बालिकामाथि हुने व्यवहार र पूर्व सैनिक तथा अधिकारीमाथि भइरहेको ज्यादतीप्रति चिन्ता व्यक्त भइरहेको छ । यही कारण अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारलाई मान्यता दिएको छैन । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?