+
+
कथा :

गल्ती मेट्ने इरेजर भइदिए …

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ चैत ५ गते १८:२०

विमललाई लाग्छ उनको आजसम्मको जीवन एक सपना भइदिए हुन्थ्योझैं लागेको छ । जहाँ राति देखेका नराम्रा सपना, बिहानको उज्यालोमा हराएर नयाँ बिहानी शुरु भएझैं जीवन पनि पुराना गल्तीलाई थाँती राखेर अघि बढाउन पाए हुन्थ्यो झैं लाग्छ । रातिको १२ बजिसकेको थियो उनी निदाउन सकेका थिएनन् । दाहिने हातको सिरानी बनाई आकाशका तारातिर आँखा डुलाउँदै, उनले आफैंलाई भने जीवनका हरेक गल्ती मेटाउने इरेजर भइदिए हुन्थ्यो । अनि आफ्नो विगतलाई सम्झिन थाले ।

मध्यमवर्गीय परिवारको एक्लो छोरा हुन् विमल । उनी गाउँको सबैभन्दा राम्रो निजी स्कुलमा पढ्थे । ८ कक्षासम्म उनी सधैं कक्षामा पहिलो पनि हुन्थे । कक्षा ९ मा पुगेपछि उनका नयाँ साथीहरु बने । अर्को वर्ष एसएलसी परीक्षा हुने भएकाले कक्षा ९ देखि नै स्कुलमा विद्यार्थीहरुलाइ अतिरिक्त कक्षा सुरु भएको थियो । त्यो बेला एसएलसी परीक्षामा कक्षा ९ र १० दुवैबाट प्रश्न सोधिन्थ्यो । त्यसैले कक्षा ९ देखि नै विद्यार्थीहरुलाई विशेष ध्यान दिइन्थ्यो । नियमित कक्षा १० बजे सुरु भएपनि अतिरिक्त कक्षाको ७ बजे नै सुरु हुन्थ्यो ।

बिहानै घरबाट निस्केको विमल घर फर्किंदा साँझको ६ बजिसक्थ्यो । बढी समय विद्यालयमै बिताउने भएकाले विस्तारै आमाबा भन्दा साथीहरु नजिक हुन थालेका थिए । उनीहरु दिउँसोको खाजा पनि स्कुलकै क्यान्टिनमा खान्थे । विमलका केही साथीहरु इन्टरबलम स्कुल बाहिरको सानो कटेरोमा जाने गरेको उनले थाहा पाएका थिए । एकदिन उनले राम भन्ने साथीलाई तिमीहरु इन्टरबलम कहाँ जान्छौ भनेर सोधे । जवाफमा रामले स्वर्गमा पुर्‍याउने, सेती अप्सरासँग ओठ जोड्न जान्छौ भनेर भने ।

भर्खर युवावस्थामा प्रवेश गरेको विमलले हेल्थको एउटा च्याप्टरमा प्रजनन् स्वास्थ्यबारे पढेका थिए । उनको पनि जिज्ञासा बढ्यो । तर साथीहरुले उनलाई सँगै नलाने भने । एकदिन साथीहरु गएपछि विमल एक्लै उनीहरु जाने पसलसम्म पुगे । विमलले खोइ तिमीहरुले भनेको अप्सरा कहाँ छिन् ? भनेर सोधे । रामले हातको चुरोट देखाउँदै यही हो हाम्री अप्सरा, सधैं हाम्रो ओठमा जोडिएर हामीलाई स्वर्ग पुर्‍याउँछिन् भनेर भन्यो ।

रामले तान्छस् ? भनेर सोध्यो । विमलले नाइँ म तान्दिन भनेर भनेपछि रामले विमललाई तान्दै भित्र लगे । तैंले हामीलाई चुरोट खाएको देखिस् अब तैंले सरलाई भन्दिनछस् होइन भनेर सोध्यो । विमलले त्यस्तो केही नगर्ने भन्दै उम्किन खोजे । अर्को साथीले एक कस यसलाई पनि तान्न लगा, यसले सरलाई भन्यो भने यसले पनि तानेको भन्नुपर्छ भनेर विमलको मुखमा चुरोट राखिदियो । रामले हाँस्दै उसको घाँटी समातेर ल भित्र तान् भनेर भन्यो । एक्लो परेको विमलले सास भित्र तानेर चुरोटको धुवा भित्र तान्यो । अनि ख्वाँग ख्वाँग गर्दै खोक्न थाले । छि कस्तो नमिठो । राम र अरु साथीहरुले हाँस्दै भने, ‘पहिलोपटक यस्तै हुन्छ अब तान्दै गर स्वर्गमा भएको महसुस गर्ने छस् ।’

त्यो दिन विमल निकै नराम्रो मानेर घर फर्किए । अर्को दिन इन्टरभलमा राम र उनका साथीहरुले विमललाई पनि चुरोट खाने ठाँउसम्म जाउँ भने । विमलले जाँदिन भन्दा उनीहरुले पिट्ने धम्की दिए । त चुरोट नखानु बरु हामीसँग बसी मात्र राख्नु त सोझो केटो हामीसँग बसेको देखेपछि अरुले शंका पनि गर्दैनन् भन्दै विमललाई जबरजस्ती सँगै लगे । राम र उसको साथीहरु चुरोट खाने ठाँउमा विमललाई सधैं लिएर जान थाले ।

संगतले मान्छेलाई बिगार्छ । एक दिन दुई दिन गर्दै बिस्तारै विमल पनि साथीहरुसँगै चुरोट खान थाले । चुरोटको नसाको तलतलले उनलाई पनि छोइसकेको थियो । अब त विमल आफ्ना औंला चुरोट अड्काएर मैले तिमीलाई मन पराको हो कि ? तिमीले मलाई मैले बुझनै सकिन । कि कतै तिमी मेरो एकतर्फी माया त होइनौ भन्दै धुँवा उडाउन थालेका थिए ।

चुरोटको नसाको लत लागिसकेका उनीहरुलाई रामले एकदिन सेतीसँग कालीको मज्जा लिउँ आज भनेर भन्यो । सबै केटाहरुले कुनै केटीको कुरा गरेको कि भनेर हुन्छ भने । रामले कालीलाई लिएर म स्कुल पछाडिको झाडीमा आउँछु तिमीहरु त्यहीं पुग भनेर भन्यो । विमल र अरु केटाहरु क्लास छोडेर स्कुल पछाडिको झाडीमा कुरिरहेका थिए ।

केहीबेरमा राम आयो र गोजीबाट सानो कागज भिक्यो । सबैले खोइ त काली ल्याउँछु भनेर गएको होइन भनेर सोधे । रामले यही कागजको पुडियामा काली छ भन्दै चरेसको डल्लो निकालेर देखायो । यो मिसाएर खाए झन् मज्जा आउँछ भन्यो र सेतो चुरोटमा चरेस मिसायो । उनी सबै जना चरेसको नसाले लठ्ठ भइरहेको बेला म्याथका हरि सरले देखे । हरि सरले देखेको थाहा पाएर उनीहरु निकै डराए । तर क्लासमा सरले उनीहरुलाई केही भनेनन् । चुरोटमा चरेस मिसाएर खाने लत लागिसकेकाले उनी विस्तारै स्कुलमा भन्दा बढी खेत र खोलामा भेटिन थाले । कक्षामा धेरै अनुपस्थित हुन थालेपछि विमल र उनका साथीहरुको घरमा स्कुलले सूचना पठायो । घरमा सबैजनाले धेरै हप्काइ खाए । भोलिपल्ट उनीहरु स्कुल पुगेपछि यो सबै हरि सरले गर्दा भएको यसैले अस्ति देखेकाले घरमा नोटिस पठाउन लगाएको भन्दै उनीहरु ले हरि सरलाई कुट्ने योजना बनाए ।

श्रीमान् कुलतमा भएको थाहा पाएपछि उनले कुलत छुटाउने औषधि विमलको खानामा हालेर खुवाइन् । औषधि खान थालेपछि विमललाई नसा लिनेबित्तिकै बान्ता आउन थाल्यो । यसरी बान्ता आउन थालेपछि विमल अस्पताल गएर चेकजाँच गराउँदा नसा छुटाउने औषधि खुवाएको उनले थाहा पाए

साँझको समय थियो । हरि सरलाई कोचिङ कलास पढाएपछि घर फर्किंदा ६ बज्थ्यो । हरि सरको घर जाने बाटो नजिकै बाटोमा बयरको ठूलो झ्याङमा उनीहरु सबै जना कुरेर बसे । उनीहरुले दिउँसो नै खाली बियरको बोतल त्यहाँ राखिसकेका थिए । हरि सर हिंडेर आउँदै गर्दा सरको पछाडिबाट उनीहरुले बियरको बोतले हिर्काए । त्यही समयमा पछाडिबाट केही विद्यार्थीले हरि सरलाई पिट्दै गरेको देखे । विमलसहित उनका साथीहरु त्यहाँबाट भागे । हरि सरको टाउकोबाट रगत बगिरहेको थियो । विद्यार्थीले सरलाई अस्पतालसम्म पुर्‍याए ।

हरि सरलाई विमल र उसका साथीहरुले पिटेको सबैलाई थाहा थियो । पुलिस केस गर्ने कुरा चलिरहेको बेला हरि सरले आफ्नै विद्यार्थी भएकाले पुलिस केस नगर्ने भन्दै सम्झाएर घर पठाए ।

स्कुलमा भएको घटना थाहा पाएर घरमा विमलका बाआमाले उसलाई धेरै गाली गरे । बाले त दुई थप्पड पनि हान्नुभयो । साँझपख विमल साथीहरुलाई भेट्न फेरि खोलामा गए । त्यही चुरोटमा चरेस तान्दै उनीहरुले गाँउबाट भागेर भारत जाने योजना बनाए । विमल, राम र अर्को एकजना साथी त्यही रात घरबाट भागेर दिल्ली गए ।

उनीहरु घरबाट हिंडेपछि घरपरिवारले धेरै खोजी गरे, तर उनीहरु भेटिएनन् । गाउँका अन्य भारत काम गर्न जानेहरुले भन्ने गर्थे ‘विमल दिल्लीमा काम गर्छ’ । एक बुढेसकालको सहारा एक छोरा पनि आफूलाई छाडेर गएकोमा विमलका आमाबा धेरै दुःखी थिए । भारत जाने जतिलाई छोरालाई देखे घर जा भनिदिनु भनेर खबर पनि पठाउने गरेका थिए । तर विमल घर फर्किएनन् ।

१० वर्षपछि विमलसहित उनका साथीहरु नेपाल फर्किए । एक्लो छोरा घर आउँदा बाआमाको खुसीको सीमा थिएन । जुँघाका रेखी पनि भर्खर बस्दै गरेको बेला घर छाडेको विमल लक्का जवान भइसकेका थिए । विमलले आफूले लगाएको जुत्तामा पैसैपैसा लुकाएर ल्याएका थिए । विमलले पैसा यसरी जुत्तामा राखेर ल्याएको देखेर विमलका बाले सोधे, प्रहरीलाई खबर गर्छौं, तैंले कसलाई लुटेर ल्याइस् ? विमलले बालाई सम्झाउँदै भने नेपालमा आफनो बैंक खाता नभएको हुँदा पैसा लुकाएर ल्याएको हो । धेरै पैसा देखे भने भन्सारमा प्रहरीले शंका गर्छ । त्यसैले जुत्तामा लुकाएर ल्याएको हुँ भने ।

ल्याएको पैसाले विमलले घरकै अगाडि सानो पसल पनि थाप्यो । जवान छोरा घरमा भएपछि बाआमाले केटी खोज्न थाले । तर विमलको विगतले गर्दा उनलाई छोरी दिन कसैले पनि मानिरहेको थिएन । उता पसल गरेपनि विमलको तलतलको बानी अझै छुटेको थिएन । साँझ बिहान पुरानै साथीहरुसँग पुरानै दिनचर्या सुरु भइसकेको थियो ।

एकदिन बिहानै हरि सर विमलको घरमा पुगे । उनले विमलको विवाहका लागि आफ्नी छोरी निमाको कुरा अगाडि ल्याए । हरि सरकी छोरी निमा निकै सुन्दर थिइन् । सानोमा कुनै रोगले गर्दा एउटा खुट्टा छोटो भएकाले हिंड्दा खुट्टा खोच्याएर हिंड्थिन् । खु्ट्टा त्यस्तो भएपनि सिलाइ सिकेकी निमा गाउँको लेडिज पसलमा सिलाइ काम गर्थिन् । खुट्टाकै कारणले छोरीको विवाह नभएकाले हरि सर निकै चिन्तामा थिए । त्यसैले उनले विमलसँग छोरीको बिहे गरिदिने निर्णय गरेका रहेछन ।

विमलका बाआमा पनि केटी नपाएको बेला यो कुरामा राजी भए । विमल र निमाको बिहे भएकाले एक महिनासम्म त सबै राम्रै चलेको थियो ।

बिहे गरेको ठीक दुई महिनापछि पहिलो पटक विमल छिमेकी गाउँको चियाअड्डामा पुगे । एउटा साथीले भने विमलले जोइटिंग्रे भइस् कि क्या हो फोन पनि उठाउँदैनस् । विमल चुप थिए अर्कोले थप्यो नयाँ नयाँ जीवनसाथी पाएको छ, हामी त पुराना साथी भइहाल्यो नि । ल मानौं हामी त पुराना भइहाल्यौ रे तेरी उनीलाई पनि बिर्सिस् कि क्या हो ? विमल बोले मेरी उनीलाई (गाँजालाई) कहाँ बिर्सिन सक्छु, आज फेरि तल्तलको मज्जा लिने हो ।

उनीहरुले राति १० बजेसम्म नसा लिए । विमल र साथीहरु त्यसैमा बसेर चरेसको तल्तलको मजा कालो मिसाएर लिन थाले । चरेसले मात्र नपुगेर गाउँ फर्केर उनीहरुले रक्सी पनि लिए । घर फर्किंदा निमाले सबै कुरा थाहा पाइन् । उनले विमललाई सम्झाइन्, तर भोलिपल्टदेखि विमलले पुरानै क्रियाकलाप दोहर्‍याउन थाल्यो । विस्तारै निमालाई विमलको आदत थाहा हुन थाल्यो ।

श्रीमान् कुलतमा भएको थाहा पाएपछि उनले कुलत छुटाउने औषधि विमलको खानामा हालेर खुवाइन् । औषधि खान थालेपछि विमललाई नसा लिनेबित्तिकै बान्ता आउन थाल्यो । यसरी बान्ता आउन थालेपछि विमल अस्पताल गएर चेकजाँच गराउँदा नसा छुटाउने औषधि खुवाएको उनले थाहा पाए ।

घर फर्किएर आफूलाई औषधि खुवाएर मार्न खोजेको भन्दै विमलले निमालाई नराम्रोसँग कुटे । त्यो बेला निमा पाँच महिनाकी गर्भवती थिइन् । निमालाई यसरी कुटेपछि हरि सरले छोरीलाई आफ्नै घरमा लिएर गए । साथै विमलमाथि घरेलु हिंसाको मुद्दा दर्ता भयो । दोषी ठहर भएपछि विमललाई ६ महिनाको जेल सजाय भयो । हरि सरलाई पनि अपाङ्गता भएकै कारण आफूजस्तो पढलेखेको मान्छेले कुलतमा परेको मान्छेलाई आफ्नी छोरी दिएकोमा निकै पछुतो भयो । निमा भने पुनः पहिला जस्तै आफ्नो काम गर्न थालिन् । केही समयपछि निमाले जुम्ल्याहा छोरा जन्मिए ।

विमल ६ महिनापछि जेलबाट छुटे । उनी घर फर्किंदा गाँउमा उनलाई सबैले श्रीमती भगाउनले पापी भन्न थाले । विमलका बाआमालाई पनि गाँउमा मुख देखाउन लाज भएको थियो । विमल जेलबाट फर्केपछि निमालाई लिएर घर आउन चाहन्थे, तर हरि सरको घरमा गएर कुरा गर्ने आँट उनलाई भएन । विमललाई आफना छोराहरुलाई हेर्न चाहना थियो, तर लाजले उनका पाइला रोकिए उनको कुरा लगेर त्यहाँ जाने पनि कोही थिएन ।

उनको घरमा एउटा पत्र आएको छ । निमाले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएकाले पत्र घरमा आएको थियो । विमललाई आफू पहिलाजस्तो नभएकाले सम्बन्ध विच्छेद नगरी सँगै बसौं न भन्न मन थियो । तर निमा र हरि सरको अगाडि जान सकिरहेका थिएनन् । त्यसैले आफूले विगतमा गरेको गल्तीलाइै उनले निकै घोत्लिएर सोचिरहेका थिए । अनि फेरि भन्थे, कागजमा लेखेको मेट्ने इरेजरजस्तै जीवनको गल्ती मेट्ने इरेजर भइदिए हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?