+
+

रुसले युक्रेनमा ४ जर्नेलसहित १३ जना वरिष्ठ सैनिक अधिकारी गुमायो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १२:४६

५ फागुन, काठमाडौं । युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको रुसी सेनाले थप एकजना वरिष्ठ सैन्य अधिकारी गुमाएको छ ।

रुसको सरकारी टेलिभिजनले ३३१औं गार्ड प्यारासुट एसल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मारिएको पुष्टि गरेको हो। उनीसँगै विशेष फौजका मेजर सर्गेई किरिलोभसमेत मारिएको समाचारमा उल्लेख छ ।

त्यस्तै, वरिष्ठ सर्जेन्ट सर्गेई लेबेदेब, सर्जेन्ट अलेक्जाण्डर लिमोनोभ र कर्पोरल युरी डेगत्यारयोभले समेत ज्यान गुमाएका छन् ।

यसअघि काजकस्तानबाट फौजको नेतृत्व गर्दै फर्किने क्रममा कर्णेल सुखारेभ रुसी टेलिभिजनमा देखा परेका थिए । उनले काजकस्तानमा भएको प्रदर्शनका बेला शान्ति स्थापनार्थ रुसले पठाएको फौजको नेतृत्व गरेका थिए ।

युक्रेनी सेनाको पछिल्लो भिडन्तमा सैन्य गुप्तचर अधिकृत एवं २२ औ स्पेशल फोर्सेस ब्रिगेडका सदस्य सर्गेई विश्न्याकोभसमेत मारिएको बेलायती समाचार माध्यमले जनाएका छन् ।

मोटराइज्ड राइफल रेजिमेन्टका कमाण्डर युरी अगरकोभ समेत विशेष सैन्य कारबाहीका क्रममा मारिएका छन् । त्यस्तै, ३८ औं मोटराइज्ड राइफल ब्रिगेडका सहायत कमाण्डर मेजर रुस्लान पेट्रुखिम पनि मारिएको अनुमान गरिएको छ ।

रुसी सेनाले सैन्य कारबाहीयता कम्तिमा ४ जना जर्नेलसहित १३ जना अधिकारी गुमाइसकेको डेली मेलले बताएको छ । सुखारेभ मारिनुपूर्व १५० औं मोटराइज्ड राइफल डिभिजनका मेजर जर्नेल ओलेग मित्याएभ मारिउपोलमा मारिएका थिए । त्यस्तै, मेजर जर्नेल आन्द्रेई कोलेस्निकोभ, मेजर जनरल आन्द्रेई सुखोभेट्स्की र मेजर जनरल भिटाली गेरासिमोभसमेत कारबाहीका क्रममा मारिएका छन् ।

युक्रेनमा मारिने अन्य रुसी सैन्य अधिकारीमा कर्णेल आन्द्रेई जाखारोभ, लेप्टिनेन्ट कर्णेल दिमित्री साफ्रोनोभ, कर्णेल कोन्स्टानटिन जिजेभ्स्की छन् । चेचेन्याको विशेष फौजका कमाण्डर जर्नेल मागोमेद तुशाएभ, क्रेमलिनको समर्थत प्राप्त स्पार्टा बटालियनका कमाण्डर भ्लादिमिर झोङ्गालगायतका अधिकारीसमेत दोहोरो भिडन्तमा मारिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?