+

फुटबलर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर

२०७८ चैत  ५ गते १७:१२ २०७८ चैत ५ गते १७:१२
फुटबलर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर

५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् ।

शनिबार ललितपुर सानेपा स्थित स्कुल परिसरमा एक कार्यक्रमबीच स्कुलले अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो ।

स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता दुई वर्षको हुनेछ ।

सम्झौतासंगै अञ्जनले स्कूलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्नेछन् । ‘स्कुलसंग सम्झौता पाउँदा हर्षित छु । यस संगै अब स्कुलको एकेडेमी संचालनका लागि मैले सहयोग पुर्‍याउनेछु’ अञ्जनले भने ।

एन्फा एकेडेमीका उत्पादन अञ्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी मनाङ मर्स्याङ्दी क्लबकाे कप्तान हुन् ।

अञ्जन दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् ।

अञ्जन सम्मिलित नेपाली टिमले यु-१९ साफ च्याम्पियनसिप, १२औं दक्षिण एशियाली खेलकुद (साग) बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जितेको थियो । यस्तै घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको छ ।

अञ्जन विष्ट फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय