+
+

प्रकाशमानको आरोप- कम्युनिष्ट पार्टी भ्रमको खेती गर्न खप्पिस छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते ११:३२
Photo Credit : UP Lamichhane

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको बताएका छन् । एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उनले उक्त कुरा बताएका हुन् ।

चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको आरोप लगाए ।

उनले भने– चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बिचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।

जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने भन्दै उनले राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?