+
+

गोविन्दराज जोशीका छोराले व्यास नगर प्रमुखमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:०२

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताए । ‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु,’ जोशीले अनलाइखबरसँग भने, ‘कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशीले काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको उनले सुनाए ।

कांग्रेसलाई थोत्रो पसलको संज्ञा दिंदै उनले त्यसलाई सुधार्न चाहेको बताए । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भने, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उनको आकलन छ ।

आफ्नो उम्मेदवारीमा बुबाको खासै चासो नभएपनि शुभेच्छा भने रहेको उनले सुनाए । आसन्न निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताए ।

व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने  निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?