+
+
Shares

ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २०:१२

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।

‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ ।’

उनले अघि भने, ‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

एमाले अध्यक्ष ओलीले चुनाव चिह्नको रंग हरियो राखेकोमा समेत आयोगको आलोचना गरे ।

पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको उनको आरोप छ । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निश्पक्ष भएर काम गर्नुपर्छ ।’

‘अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे ! कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्‍यो ।’

आयोगले दलहरुसँग परामर्श नगरेको र कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ कहिं ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?