+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कटवाल काण्डले हामीलाई १४/१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:५२

६ चैत, पोखरा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् ।

पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताए । ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको  थियो,’ प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन ।’

प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ?  बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो,’ प्रचण्डको भनाइ छ, ‘फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?