+
+

रुसलाई हतियार दिन्नौं : चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १०:०३

७ चैत, काठमाडौं । चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला-बारुद नदिने बताएको छ ।

अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् । राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको भनाइ थियो ।

त्यस्तै, गेङले अमेरिकी समाचार माध्यम सीबीएससँग कुराकानी गर्दै पश्चिमी मुलुकले रुसको निन्दा गरेर संकट समाधान नहुने र समाधानका लागि असल कुटनीतिको खाँचो रहेको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनफिङलाई रुसको समर्थन गरे परिणाम भोग्नु पर्ने चेतावनी दिएलगत्तै राजदूत गेङको अभिव्यक्ति आएको हो ।

गत हप्ता चीन रुसलाई हतियार पठाउन चीन तयार रहेको भन्ने समाचार आएको थियो । तर चीनले उक्त समाचारको खण्डन गर्दै त्यसलाई ‘कुप्रचार’ भनिसकेको छ । तर उसले युक्रेनमा हमला गरेको विषयमा रुसको हालसम्म निन्दा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?