+
+

चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १४:३५

७ चैत, काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।

१३२ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १: १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३: ०७ मा अवतरण हुने तालिका थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा दुर्घटनालगत्तै आगो लागेको देख्न सकिन्छ । समाचार अनुसार दुर्घटनास्थलमा उद्दारकर्ता खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?