
७ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री यी आगामी शुक्रबार काठमाडौं आइपुग्नेछन् । भ्रमणका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् ।
नेपाल र चीनबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ । द्विपक्षीय वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री नारायण खड्काले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व विदेशमन्त्री यीले गर्ने छन् ।
नेपाल बसाईका क्रममा चिनियाँ विदेशमन्त्रीले नेकपन एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4