
काठमाडौं । अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ ।
वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर फिल्ममा उनी विक्रान्त खन्ना नामक पाइलटको भूमिकामा छन् ।
अजय र अमिताभले यसअघि खाकी, हिन्दूस्तानकी कसम, मेजर साबसहितका हिट फिल्ममा सहकार्य गरेका छन् । फिल्ममा अभिनेत्री रकुल प्रीत अजयकी को–स्टारको रुपमा छिन् ।
सन् २०१५ मा दोहादेखि कोचीसम्म उडान भरेको जेट एयरवेजको विमानको घटनालाई लिएर फिल्म निर्माण भएको हो । खराब मौसम र कमजोर दृश्यात्मकताको बाबजुद पनि पाइलटले कसरी कोची अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराउन सफल रहे भन्ने कथावस्तु यसमा छ ।
उक्त घटना कसरी अदालतसम्म पुग्यो र यसमा राजनीतिक चलखेल भयो भन्ने दृश्यसमेत ट्रेलरमा समावेश छ । बोमन इरानी, अंगिरा धर समेत मुख्य भूमिकामा छन् ।
आगामी अप्रिल २९ मा फिल्म रिलिज तयारीमा छ ।
प्रतिक्रिया 4