+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कर्णालीका जिल्लामा एकीकृत समाजवादीले खटायो चुनावी कमान्डर

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते २०:००

७ चैत, सुर्खेत । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।

जसअनुसार चन्द्रबहादुर शाहीलाई हुम्ला, शेरबहादुर केसीलाई रुकुम पश्चिम, हंशबहादुर शाहीलाई डोल्पा, अम्मरबहादुर थापालाई दैलेख, देविलाल थापालाई जुम्ला, नन्दा शर्मालाई सल्यान, ठगेन्द्रप्रकाश पुरीलाई सुर्खेत, कृष्णबहादुर विसीलाई जाजरकोट, कुर्मराज शाहीलाई कालीकोट र गोपाल बमलाई मुगुमा खटाएको हो ।

चुनावी कमान्डरहरु ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ लिएर सोमबारदेखि नै तोकीएका जिल्लाहरुमा जानेछन् । उनीहरुले चैत २० गतेसम्म जिल्लादेखि टोलस्तरसम्म १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्नेछन् ।

समाजवादीको आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो पूर्ण बैठकले नेताहरुलाई चुनावी कमान्डका रुपमा जिल्लामा खटाउने निर्णय गरेको प्रदेश कमिटी सचिव ठगेन्द्रप्रकाश पुरीले जनाए ।

बैठकले २७ वटा विभाग, १२ सदस्यीय कार्यालय र ४७ सदस्यीय सचिवालय गठन गरेर नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले बताए । समाजवादीले चैत १५ गते सबै जिल्लामा र १८ गते पालिकामा निर्वाचन परिचालन कमिटीहरु घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुने दाबी गरे ।

‘हामी आफ्नै शक्तिमा चुनावमा जानसक्छौँ तर अहिलेको अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था छैन’ ज्वालाले भने, ‘एउटै दलको बहुमत नआउनेहुँदा गठबन्धनबीच स्थानीय तहदेखि प्रतिनिधिसभाको चुनावसम्म तालमेत हुन्छ ।’

यस्तै बसेको समाजवादीमा समाहित भएका नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद्का ११ जनालाई प्रदेश कमिटी सदस्यहरुको मानोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?