+
+

गिरिजाप्रसाद कोइरालाको सम्झनामा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते ८:१८

८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले शान्तिबाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ ।

१२औं स्मृति दिवसको अवसरमा सोमबार साँझ सवतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराईले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीवनभर संघर्ष गरेको बताए ।

सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र राजतन्त्र हटाएर गणतन्त्र ल्याउने महत्वपूर्ण काम गिरिजाले गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संखुवासभाका सभापति दीपक खड्का, नेविसंघका महामन्त्री दीपक भट्टराई, महामन्त्री उपाध्यक्ष उर्मिला थपलियालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?