+
+

पहिरोमा पुरियो एस्काभेटर, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ८:५८

९ चैत, सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एस्काभेटर पुरिएको छ । एस्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको छ ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एस्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्काे एस्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?