+
+

रुसलाई राष्ट्र संघका महासचिवको अनुरोध-नजित्ने युद्ध तत्काल अन्त्य गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १०:३५

९ चैत, काठमाडौं । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न अनुरोध गरेका छन् ।

गुटेरेसले युक्रेनमा जारी युद्ध नजित्ने भन्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् । ‘यो युद्ध जित्न सकिँदैन’, गुटेरेसले भने, ‘ढिलो-चाँडो यो युद्ध रणभूमिबाट शान्तिको टेबलमा पुग्ने छ । यो अपरिहार्य छ ।’

महासचिव गुटेरेसले युद्धरत पक्षलाई तत्काल वार्तामा बस्न पनि अपिल गरेका छन् । युक्रेन युद्ध मूर्खतापूर्ण भएको पनि उनको भनाइ थियो । मंगलबार न्युयोर्कमा पत्रकारसँग बोल्दै उनले भने, ‘युक्रेनमा युद्ध जारी राख्नु नैतिक रुपमा अस्वीकार्य, राजनीतिक रुपमा औचित्यहीन र सैनिक रुपमा मूर्खतापूर्ण छ ।’

‘मूर्खतापूर्ण यो युद्ध अन्त्य गर्ने समय आएको छ’, गुटेरेसले थपे ।

युद्धका कारण एक करोड युक्रेनीले आफ्नो घर छोड्न बाध्य भएको पनि गुटेरेसले बताए । युद्धको असर विश्वभर देखिने पनि उनको चेतावनी थियो । खाद्यान्न, इन्धन र रासायनिक मलको बढ्दो मूल्य वृद्धिले विश्वभर भोकमरीको जोखिम उत्पन्न हुन सक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?