+
+

फर्पिङबाट ४७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १३:०३

९ चैत, काठमाडौं । प्रहरीले ४७ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्‍ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्‍ने २० वर्षीय रमेश यादव रहेका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेका उनीहरुलाई दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी टोली चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?