+
+

चोभारमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:०६

९ चैत, काठमाडौं । चोभारमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समिर गिरी र अर्का एकजना नाम थर नखुलेका व्यक्ति छन् ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । लगत्तै प्रहरीले उद्दार गरेर दुई गम्भीर घाइतेलाई बयोधा अस्पताल पुर्‍याएको थियो ।

तर चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेको मैनालीले बताए । मोटरसाइकल चोभारबाट बल्खुतर्फ आउँदै थियो । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?