
९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रशिक्षक अब्दुल्लाह अल्मुलातइरीले थाइल्याण्डविरुद्धको खेल एसियन कप छनोटको लागि अन्तिम तयारीको रुपमा रहेका छन् ।
नेपालले बिहीबार थाइल्यान्ड राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ र त्यसको अघिल्लो दिन भएको प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक अल्मुताइरीले नेपालको लागि यो तयारी खेल हुने बताए ।
‘हाम्रो लागि यो खेल एसियन कप छनोटको अन्तिम तयारीको रुपमा लिएका छौं । यो हाम्रो लागि निकै महत्वपूर्ण छ । ‘थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम हुन् । थाइल्याण्ड जोर्डन र कुवेतकै लेभलमा रहेकोले यो खेलले नेपाललाई एसियन कप छनोटका लागि मद्धत गर्नेछ ।’ अल्मुताइरीले भने ।
छनोटमा नेपाल, थाइल्याण्ड, जोर्डन र कुवेत समूह ए मा छ । छनोटका खेलहरु बगामी जुनमा कुवेतमा हुनेछ ।
त्यस्तै नेपाली टोलीका कप्तान किरण कुमार लिम्बु पनि नेपाली टोली थाइल्यान्डको टोलीसँग खेल्न तयार रहेको बताएका छन् । ‘एसियन कप छनोटका लागि यो हाम्रो अन्तिम तयारी खेल हो । हामी तयार छौं ।’ कप्तान किरणले भने ।
उनले महामारीको बिचमा पनि नेपालको अनुरोधलाई स्वीकार गरि खेलका लागि तयार भएकोमा धन्यवाद व्यक्त पनि गरेका छन् । ‘हामीले यो खलबाट हामी हाम्रो कमजोरी र बलिया पक्ष नियाल्ने मौका पाउने छौं ।’
यसैगरी थाइल्याण्डका प्रशिक्षक मानो पोल्किङले थाइल्याण्डले लामो समयपछि आफ्नै देशमा खेल्न लाग्दा उत्साहित भएको बताए । उनले समर्थकको अगाडि खेल्न टिम तयार रहेको बताए ।
‘नेपालले यसअघि श्रीलंका र माल्दिभ्ससँग खेलिसकेको भएर हामीले नेपाललाई छानेका हौँ । नेपालसँग खेलेपछि हामीलाई उनीहरुको स्तर हामीले थाहा पाउनेछौँ । श्रीलंका र माल्दिभ्सलाई हराउँदै चीनमा हुने एसियन कपमा छनोट हुनका लागि नेपाल विरुद्धको खेल हामीलाई महत्वपूर्ण छ ।’
आगामी जुनमा हुने एसियन कप छनवटमा थाइल्याण्ड, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तान एकै समूहमा छ । यस्तै थाइल्याण्डका कप्तान थिराथोन बनमाथानले टिमको नेतृत्व गर्न पाउँदा गर्व लागेको भन्दै खेलमा राम्रो गर्ने आशा राखेका छन् ।
मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीका लागि आफ्नो क्षमता देखाउने अवसर हुने उनले बताए । नेपाल र थाइल्याण्डबीचको खेल बिहीबार चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
प्रतिक्रिया 4