+
+

पुटिनले युक्रेनमा हमला गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:१८

१० चैत, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा हमला गरेर पुटिनले ठूलो गल्ती गरेको बताएका छन् ।

नेटोको बैठकमा सहभागी हुन बिहीबार ब्रसेल्स पुगेका स्टोल्टेनबर्गले युक्रेनमा हमला गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो गल्ती गरेको बताएका हुन् । पुटिनले युक्रेनी जनताको तागतलाई कम आँकेको पनि उनको भनाइ थियो ।

‘राष्ट्रपति पुटिनले एउटा सार्वभौम मुलुकविरुद्ध युद्ध गरेर ठूलो गल्ती गरेका छन्’, स्टोल्टेनबर्गले भने, ‘उनले युक्रेनी जनताको तागतलाई कम आँकेका छन्, युक्रेनी जनता र उनीहरूको सेनाको बहादुरीलाई नजरअन्दाज गरेका छन् ।’

रुसले युक्रेनमा हमला गरेपछि नेटोसामु सबैभन्दा गम्भीर खाले सुरक्षा संकट देखिएको भन्दै सदस्य राष्ट्रले रक्षामा लगानी बढाउनु पर्ने पनि स्टोल्टेनबर्गले बताए । रुसले रासायनिक हतियार प्रयोग गरे जारी युद्धको प्रकृति नै परिवर्तन हुने पनि उनको चेतावनी थियो ।

ब्रसेल्समा आज युक्रेनबारे छलफल गर्न नेटोका राष्ट्र एवं सरकार प्रमुखको बैठक बस्दैछ । उक्त बैठकलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?