+
+

अनेरास्ववियुको त्रिवि कमिटीको सम्मेलन चैत २९ र ३० मा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:५९

१० चैत, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि कमिटीको १९ औं सम्मेलन २९ र ३० चैतमा हुने भएको छ ।

त्रिवि कमिटीको बिहीबार बसेको बैठकले सम्मेलनको मिति तय गर्दै त्यसको तयारीमा लाग्न मातहतका कमिटीलाई आग्रह गरेको छ ।

बिहीबारको बैठकमा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष कल्पना वाइवा, त्रिवि कमिटीका पूर्वअध्यक्ष वुद्धि राउत, चिरञ्जीवी पौडेल, वाईपी आचार्य र हालका त्रिवि इन्चार्ज मदन विष्ट पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?