+
+

नेपाल र पीएनजी बीच पहिलो खेल आज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ७:५५

११ चैत, काठमाडौं । नेपाल र  पपुवा न्युगिनी (पीएनजी) बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

दुई खेलको एकदिवसीय शृङखला र त्रिदेशीय टी-२० शृङखलाका लागि यूएईमा क्रिकेट विश्वकप लिग टू खेलेर पीएनजी बुधबार नेपाल भ्रमणमा आएको हो ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।

लिग टु को दुवै खेलमा मा नेपालले पीएनजीलाई हराएको थियो ।नेपालले पीएनजीलाई २ विकेट र  ७ विकेटले पराजित थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तान सन्दीप लामिछानेले पीएनजीविरुद्ध युवा खेलाडीलाई अवसर दिने बताएका छन् ।

पिएनजीविरुद्ध खेल्ने एकदिवसीय टिममा यू-१९ टिमका कप्तान देव खनाल पहिला पटक सिनियर टिममा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?