+
+

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देव खनालकाे डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ९:३६

११ चैत, काठमाडौं । पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्यु गिनी पिएनजीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएकाे छ ।

कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङकाे निम्ताे दिएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसियमा डेब्यु गरेका छन् ।

नेपालको प्लेईङ ११ मा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ रहेका छन् ।

अनिल शाहले यसै खेलमार्फत ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?